काठमाडौं। भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले सडक यातायातको प्रत्यक्ष जानकारी अब आफ्नै कार्यकक्षबाट लिन सक्ने भएका छन्।
वर्षातका कारण अवरुद्ध हुने सडकको प्रत्यक्ष जानकारी मन्त्रीको कार्यकक्षबाटै हुने गरी ‘रोड क्लोजर अपडेट सिस्टम’ जडान गरिएको हो।
मन्त्री दाहालले वर्षाको समयमा राष्ट्रिय राजमार्गमा यातायात अवरोध नहुने गरी व्यवस्था गरेको र अवरोध भएपनि विशेष अवस्थामा बाहेक बढीमा दुई घण्टाभित्र अवरोध हटाइ सुचारु गर्ने व्यवस्था मिलाइएको जानकारी गराए।
यतिबेला विभिन्न सडक खण्डमा १ सय ३५ यान्त्रिक उपकरण तैनाथ छन्।