काठमाडौं। युवा तथा खेलकुदमन्त्री तेजुलाला चौधरीले क्रिकेट रंगशालालगायतका खेल पूर्वाधारहरू आफ्नै पालामा सुरु गर्ने बताएका छन्।
नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री चौधरीले धनगढी क्रिकेट रंगशाला, चितवनको अन्तराष्ट्रिय क्रिकेट रंगशालालगायतका खेल पूर्वाधारहरू आफ्नै पालामा सुरू गर्ने दाबी गरेका हुन्।
उनले क्रिकेट रंगशालाहरू बनाउनको लागि प्राथमिकतामा राखेर धमाधम काम अगाडि बढाएको समेत बताएका छन्। उनले क्रिकेटका लागि धनगढीमा बन्न लागेको क्रिकेट रंगशाला सभ्य र भव्य रुपमा निर्माण हुने जानकारी दिए।