काठमाडौं। आज देशका विभिन्न स्थानमा वर्षा भइरहेको छ। कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही भामा वर्षा भइरहेको हो।
काठमाडौं उपत्यकामा गएरातिदेख नै वर्षा भइरहेको हो। बाँकी प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
आज दिउँसो महाशाखाका अनुसार सबै प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
राति कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा वर्षा हुने बताइएको छ। वर्षाले धेरै क्षती पुर्याइरहेको कारण सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।