काठमाडौं। आज केही प्रदेशहरुको थोरै भागहरुमा वर्षा भईरहेको छ। कोशी र मधेश प्रदेशका केही भगमा अहिले मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइहेको हो।
दिउँसो देशभर साधारणतया बदली रहनेछ। सबै प्रदेशका केही तथा कर्णालीका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
राति पाँच प्रदेशका केही भागमा वर्षाको सम्भावना रहेको बताइएको छ। कोशी, मधेश, बागमती, लुम्बिनी र सुदूरपश्चिमका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले बताएको हो। वर्षाको समय भएकोले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।