काठमाडौं। भारत सरकारकी युवा तथा खेलकुद राज्यमन्त्री रक्षा खडसे आज काठमाडौं आउँदै छन्। तनहुँको आँबुखैरेनी गाउँपालिका–२ ऐनापहरास्थित मर्स्याङ्दी नदीमा भएको बस दुर्घटनामा घाइते भएका यात्रुलाई भेट्न र मृतकको शव लिन उनि नेपाल आउने भएकी हुन्।
उनको साथमा महाराष्ट्र जलगांवका एकजना विधायक पनि आउने बताइएको छ।
पोखराबाट काठमाडौं आउँदै गरेको भारतीय नम्बर प्लेट युपी ५३ एफटी ७६२३ नम्बरको बस शुक्रबार मर्स्याङ्दी नदीमा खस्दा २७ जनाको मृत्यु भएको थियो।
यो वर्ष नेपालमा बाढी पहिरो र वर्षाले ठूलो धनजनको क्षति गरिरहेको छ। असार २८ गते पनि चितवनको सिमलताल पहिरोमा परी त्रिशूलीमा दुईवटा बस र यात्रु बेपत्ता भएका थिए। बसमा सवार ६५ जनामध्ये तीनजना सकुशल निस्किएका थिए भने ६२ जना बेपत्ता भएका थिए। त्यसमध्ये केही यात्रुहरू र बस हालसम्म पनि भेटिएका छैनन्।