काठमाडौं। नेपाल पूर्वाधार सम्मेलनको पाँचौं संस्करण आयोजना हुने भएको छ। संस्करण काठमाडौंमा आयोजना हुने भएको हो।
यही भदौ २७ र २८ गते आयोजना हुने नेपाल उद्योग परिसंघले जनाएको छ। परिसंघले सन् २०१४ देखि पूर्वाधार सम्मेलन आयोजना गर्दै आएको छ।
सन् २०१४ देखि आयोजना गर्दे आएको नेपाल उद्योग परिसंघले चौथो सम्म सम्मेलन गरिसकेको छ। सन् २०१४ मा पहिलो सम्मेलन गरेको थियो, २०१७ मा दोस्रो सम्मेलन गरेको थियो, २०१९ मा तेस्रो सम्मेलन गरेको थियो त्यसैगरी २०२२ मा चौथो सम्मेलन गरेको थियो। र यही भदौको २७ र २८ गते पाचौँ सम्मेलन गर्ने नेपाल उद्योग परिसंघले बताएको छ।