काठमाडौं। जल तथा मौसम विज्ञान विभागका अनुसार कर्णाली र सुदूरपश्चिम प्रदेशका केही भागमा हल्का वर्षा भइरहेको छ।
आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने विभागले जनाएको छ। कोसी, वाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थेरै भागमा र मधेस प्रदेशको केही भागमा मध्यम वर्षाको सम्भावना छ ।
राति कोसी, वाग्मती र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी प्रदेशहरूमा आंशिक बदली रहने विभागले जनाएको छ। वर्षाको समय भएकोले सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ।