काठमाडौं। दुईवटा प्रदेशका केही भागमा हल्का वर्षा भइरहेको छ। कोशी र लुम्बिनी प्रदेशका केही भागमा हल्का वर्षा भइरहेको हो।
सबै प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
राति कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रहनेछ। वर्षाको समय भएको कारण सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।