काठमाडौं। मुस्ताङको वारागुङ मुक्तिक्षेत्रमा साढे तीन करोड बढी लागतमा इलाका प्रहरी कार्यालय मुक्तिनाथको भवन निर्माण गरिएको छ।
गण्डकी प्रदेश सरकारको आर्थिक सहयोगमा मुक्तिनाथ मन्दिर नजिकै तीन करोड ६० लाख ५२ हजार लागतमा प्रहरीको सुविधासम्पन्न भवन निर्माण गरिएको हो।
अपाङ्गमैत्री भवनको भुई तलामा कार्यालय प्रयोजनका लागि पाँच वटा कोठा निर्माण गरिएका छन् भने पहिलो तलामा महिला र पुरुष कर्मचारीका लागि छुट्टाछुट्टै ब्यारेकको व्यवस्था गरिएको छ। माथिल्लो तलामा कार्यालय प्रमुखको आवास, सञ्चार शाखाको कार्यालय र ब्यारेकसहितका कोठाहरू छन् ।
यसअघि रानीपौवाको पुरानो धर्मशालाका चार कोठाबाट प्रहरी कार्यालय सञ्चालन भइरहेको थियो ।