काठमाडौं। कुमारी बैंक लिमिटेड र्याडिसन होटल लाजिम्पाट, काठमाडौं बिच छुट सम्झौता भएको छ। बैंक र होटल बिच २० प्रतिशतसम्म छुट सम्झौता भएको हो।
अब कुमारी बैंकका डेबिटकार्ड तथा क्रेडिटकार्डका प्रयोगकर्ताहरुले र्याडिसन होटलको सेवा तथा सुविधामा २० प्रतिशतसम्म छुट पाउने भएका छन्।
उक्त सेवाबाट ग्राहकहरु लाभान्वित हुनेमा विश्वास गरिएको बैंकले जनाएको छ।