काठमाडौं। भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले पूर्वाधार निर्माणलाई सेवाग्राहीमैत्री बनाउने प्रतिबद्धता जनाएका छन्। मन्त्री दाहालले काठमाडौँको बुढानिलकण्ठ ७ स्थित काठमाडौँ इन्स्टिच्युट अफ चाईल्ड हेल्थ (बाल अस्पताल) सम्म पुग्ने सडक क्षेत्रको निरीक्षण गर्दै यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन्।
उनले नागरिकले बढी लाभ लिन सक्ने क्षेत्र सम्म पुग्ने पहुँच मार्ग निर्माणलाई सरकारले प्राथमिकता दिने बताए। उनले सडकका साथै अस्पतालको निर्माणाधीन भवन तथा अन्य संरचनाहरूको पनि अवलोकन गरेका छन्।
अवलोकनका क्रममा अस्पतालका अध्यक्ष डा.भगवान् कोइरालाले इन्स्टिच्युटले सातै प्रदेशमा स्तरीय बाल अस्पताल निर्माण र सञ्चालनको लक्ष्य राखेको जानकारी दिए।