काठमाडौं। आज देशभर सामान्यदेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
दुईवटा प्रदेशका केही भागमा मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। कर्णाली र सुदूरपश्चिम प्रदेशका केही भागमा मध्यम वर्षाको सम्भावना रहेको जनाएको हो।
बाँकी सबै प्रदेशका केही भागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको बताइएको छ।
बागमती, गण्डकी र कर्णाली प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। वर्षाको समय भएकोले सतर्कता अनपनाउन महाशाखाले अनुरोध गरेको छ।