काठमाडौं। नयाँ रंगशाला निर्माण गर्न अखिल नेपाल फुटबल संघ (एन्फा)ले बजेट विनियोजन गरेको छ। एन्फाले अन्तर्राष्ट्रिय मापदण्ड सहितको फुटबल रंगशाला निर्माण गर्न २२ लाख अमेरिकी डलर विनियोजन गरेको हो।
भदौ ११ देखि १३ गतेसम्म बसेको कार्यसमिति बैठकले रंगशाला निर्माणका लागि बजेट विनियोजन गर्ने निर्णय गरेको हो। बैठकले रंगाशाला निर्माणाका लागि जग्गा उपलब्ध गराउन सरकारसँग समन्वय गर्ने निर्णय समेत गरेको छ।
उक्त रंगशाला २५ देखि ४० हजार दर्शक क्षमता भएको सुविधासम्पन्न र आधुनिक हुने एन्फाले जनाएको छ।
एन्फाको उक्त बैठकले दशरथ रंगशाला संघबाटै रेखदेख, संरक्षण, मर्मत तथा परिचालनका लागि नेपाल सरकार युवा तथा खेलकुद मन्त्री र राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिवलाई माग गर्ने निर्णय समेत गरेको छ।