काठमाडौं। कोइला अभाव, उत्पादित सिमेन्ट बिक्री नहुने, बिग्रेका मेशिन मर्मत गर्ने रकम अभाव जस्ता कारणले बन्द रहेको हेटौंडा सिमेन्ट उद्योगबाट पुन: क्लिङ्कर उत्पादन गर्न सुरु भएको छ।
करिब २० दिनका लागि आवश्यक कोइला मौज्दात राखेर उद्योगबाट उत्पादन सुरु गरिएको हो।
उद्योगले उत्पादन गरेको सिमेन्ट बिक्री नभएपछि स्टकमा बसेको र कोइला खरिद गर्न रकम अभाव भएकाले विगत दुई महिनादेखि उद्योग बन्द अवस्थामा थियो।
उद्योगले उत्पादन गरेको सिमेन्ट बिक्री हुन नसकेका कारण केही महिना अघिसम्म समस्या भएकाे र अहिले उद्योगमा करिब ३५०० बोरा तयारी सिमेन्ट मौज्दात रहेको हेटौंडा सिमेन्ट उद्योग व्यवस्थापन समितिले जनाएको छ।
उद्योगलाई आवश्यक पर्ने कोइला उद्योगमा मौज्दात भएपछि अहिले पुनः सिमेन्ट उत्पादन सुरु गरिएको हो ।