काठमाडौं। ‘संघीय राजधानी सहरी क्षेत्र सार्वजनिक यातायात परिषद्’ को ‘स्टेरिङ कमिटी’ गठन गरिएको छ। काठमाडौं महानगरपालिकाका प्रमुख बालेन साहको संयोजकत्वमा स्टेरिङ कमिटी गठन गरिएको हो।
परिषद्को दोस्रो बैठकले परिषदको निर्णय प्रक्रियालाई समन्वय र व्यवस्थापन गर्न कमिटी गठन गर्ने निर्णय गरेको हो।
स्टेरिङ कमिटीमा ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जन, चाँगुनारायण नगरपालिकाका मेयर जीवन खत्री, चन्द्रागिरि नगरपालिकाका मेयर घनश्याम गिरी र बूढानीलकण्ठ नगरपालिकाका प्रमुख मिठाराम अधिकारी सदस्य छन्।
स्टेरिङ कमिटीमा यातायात व्यवस्था कार्यालय, ट्राफिक प्रहरी कार्यालय र सडक विभागलाई सदस्य राखिएको छ भने परिषद्का प्रमुख कार्यकारी अधिकृत कुवेर नेपालीले सदस्य सचिवको रूपमा काम गर्ने भएका छन्।