काठमाडौं। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडानका लागि पहल भइरहेको बताएका छन्।
भैरहवास्थित गौतमबुुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको शुक्रबार निरीक्षणपछि सञ्चारकर्मीसँग बोल्दै मन्त्री पाण्डेले विमानस्थलमा नियमित उडानका लागि मन्त्रालयका तर्फबाट पहलकदमी भइरहेको बताएका हुन्।
मन्त्री पाण्डेले सरकारले विमानस्थल सञ्चालनका लागि कार्ययोजना बनाएर अगाडि बढेको समेत बताए। उनले विमानस्थल सञ्चालनका लागि सरकारले सेवा शुल्कमा छुटसहित हवाई कम्पनीलाई आर्कषित गराउन खोजेको जानकारी दिए।