काठमाडौं। आज दुईवटा प्रदेशका धेरै क्षेत्रमा वर्षा भइरहेको छ। कोशी र बागमती प्रदेशका धेरै स्थानमा वर्षा भइरहेको हो।
बाकी प्रदेशका थोरै भागमा हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
आज दिउँसो देशभर साधारणतया बदली रहने महाशाखाले जनाएको छ। बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एकदुई भागमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले बताएको छ।
राति देशभर आंशिक बदली रहने बताइएको छ। वर्षाको समय भएकोले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।