काठमाडौं। आज देशभर साधारणतया बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। पाँच प्रदेशका थोरै भाग र बाकी प्रदेशका केही भागमा मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको हो।
कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै भागहरुमा र बाँकी प्रदेशको केही भागहरुमा मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना रहको हो।
आज दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेशका केही क्षेत्रमा र बाँकी प्रदेशका थोरै भागमा वर्षाको सम्भावना रहेको बताइएको छ।
महाशाखाका अनुसार आज राति कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका थोरै भागमा भारी वर्षाको सम्भावना रहेको छ। वर्षाको समय भएकोले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।