काठमाडौं। नेपाल निर्माण व्यवसायी महासंघले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरत सिंह भण्डारीलाई निर्माण उद्योगका समस्याबारे जानकारी गराएको छ।
महासंघका अध्यक्ष रवि सिंह नेतृत्वको एक प्रतिनिधिमण्डलले आइतबार मन्त्री भण्डारीसँग भेटेर निर्माण उद्योगको समस्याका बारेमा अवगत गराएको हो।
महासंघले मुलुकमा निर्माण उद्योगमा काम गर्ने श्रमीकहरूको अभाव रहेको भन्दै विदेशबाट फर्किएका श्रमीकलाई मुलुकमै रही काम गर्ने वातावरण सिर्जना गरिदिन र आवश्यक तालिम समेत उपलब्ध गराइदिन मन्त्रीको ध्यानाकर्षण समेत गराएको छ।