काठमाडौं। बुटवलमा सुविधा सम्पन्न प्रादेशिक अस्पताल भवन निर्माण सुरु गरिएको छ। १२ तले सुविधा सम्पन्न भवन निर्माण गर्न सुरु गरिएको हो।
१२ सय शैया निर्माण हुने अस्पताल भवन ६ अर्ब १८ करोड ५० लाख रुपैयाँको लागतमा निर्माण सुरु गरिएको बताइएको छ।
उक्त भवन भारतीय निर्माण कम्पनी क्याप साइट आशिष रेलिग्रेट भेन्चर र नेपाली कम्पनी आशिष रेलिगसनले संयुक्त रूपमा निर्माण गर्ने भएका हुन्। निर्माण कम्पनीसँगको सम्झौता अनुसार २०८५ साल पुससम्म अस्पताल भवन निर्माण गरिसक्नुपर्ने बताइएको छ।
सो अस्पताल भवनको उपप्रधानमन्त्री तथा अर्थमन्त्र विष्णुप्रसाद पौडेलले शिलान्यास गरेका हुन्।