काठमाडौं। आज बागमती प्रदेशका केही भागमा बिहानैबाट वर्षा भइरहेको छ। कोशी, गण्डकी र लुम्बिनी प्रदेशका थोरै भागमा हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
आज दिउँसो पाँच वटा प्रदेशका थोरै भाग र बाकी सबै प्रदेशका केही भागमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। कोशी, मधेश, बागमती, गण्डकी र कर्णाली प्रदेश र बाकी प्रदेशमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको हो।
आज राती सामान्यतया बदली रहने महाशाखाले बताएको छ। वर्षाको समय भएकोले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।