काठमाडौं। ताँदी घ्याङफेदी जलविद्युत आयोजनाको काम आगामी असोजबाट सुरु हुने भएको छ। आयोजनाको निर्माण कार्य असोज २९ गतेबाट सुरु हुने भएको हो।
निर्माण कार्य सुरु गर्नको लागि विद्युत् खरिद बिक्री सम्झौता सम्पन्न भएको छ। नेपाल विद्युत् प्राधिकरण र एबीपी इनर्जीका प्रतिनिधिबीच हिजो (सोमबार) हस्ताक्षर भएको हो।
उक्त ८ मेगावाटको जलविद्युत आयोजना नुवाकोटको दुप्चेश्वर गाउँपालिका–१ ताँदीमा निर्माण हुने भएको बताइएको छ।
उक्त आयोजनाको काम २०८४ वैशाखसम्ममा सक्ने लक्ष्य राखिएको आयोजनाले बताएको छ।