काठमाडौं। परराष्ट्रमन्त्री आरजु राणा देउवालाई पञ्चेश्वर परियोजनाका बारेमा सांसदले प्रश्न उठाएका छन्।
अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा सांसद पशुपति शमशेर राणाले पञ्चेश्वर परियोजनाको डीपीआर कहिले तयार हुन्छ ? भनेर प्रश्न गरेका हुन्।
बैठकमा उनले भारत भ्रमणका अवसरमा भारतसँग सम्बन्ध सुधारका लागि भएका कामबारे जानकारी दिन समेत परराष्ट्रमन्त्रीसमक्ष आग्रह गरेका छन्।