काठमाडौं। राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. शिव अधिकारीले राष्ट्रिय योजना आयोगको पुनःसंरचना गर्न आवश्यक रहेको बताएका छन्।
राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समिति बैठकमा बोल्दै उपाध्यक्ष अधिकारीले राष्ट्रिय योजना आयोगको कामलाई थप प्रभावकारी बनाउनका लागि पुनःसंरचना गर्न आवश्यक रहेको बताएका हुन्।
उनले अहिलेसम्म आयोग गठन आदेशमार्फत सञ्चालनमा आइरहेको भन्दै कानूनी रुपमा सञ्चालन हुँदा शक्तिशाली हुने बताए।
उपाध्यक्ष अधिकारीले मुलुकको प्रतिव्यक्ति आम्दानी नपुग्दा नपुग्दै पनि अति कम विकसित मुलुकको सूचीबाट विकासशिल मुलुकमा स्तर उन्नति हुनुपर्ने अवस्था रहेको बताए।
उनले २०२६ सम्म विकशित मुलुकमा स्तरोउन्नति हुन प्रतिव्यक्ति आय वृद्धिका लागि मेहनतका साथ काम गर्नुपर्ने आवश्यकता रहेको समेत बताए।