काठमाडौं। नेपाल निर्माण व्यवसायी महासंघले सरकारका नवनियुक्त मुख्यसचिव एकनारायण अर्याललाई निर्माण क्षेत्रका समस्याबारे अवगत गराएको छ।
महासंघका अध्यक्ष रवि सिंह नेतृत्वको एक प्रतिनिधिमण्डलले मंगलवार मुख्यसचिव अर्यालसँग भेटेर ठेक्का तोडिदा निर्माण व्यवसायीमाथि हुने एकतर्फी निर्मम कार्वाहीका बारेमा ध्यानाकर्षण गराएको हो।
प्रतिनिधिमण्डलले निर्माण व्यवसायीमाथि एकतर्फि कारबाही हुँदा निर्माण उद्योग धराशायी हुन लागेको लगायतका निर्माण उद्योगका समसामयिक समस्याहरू बारे मुख्यसचिवलाई अवगत गराएको छ।