काठमाडौं। धरहरा आगामि असोज ३ गतेदेखि सर्वसाधारणका लागि खुला गरिने भएको छ। सहरी विकास मन्त्रालयले ३ असोजदेखि सर्वसाधारणका लागि धरहरा प्रवेश खुला गर्ने निर्णय गरेको हो।
धरहरा पुनर्निर्माणका लागि अन्तिम पटक थप गरिएको म्याद आगामि असोज २ गतेसम्म रहेको छ। मन्त्रालयले असोज ३ देखि नै धरहरा खुला गर्ने निर्णय गरेसँगै निर्माण कम्पनीले २ गतेभित्र सम्पूर्ण काम पूरा गर्नेगरी तिव्रताका साथ काम भइरहेको जनाएको छ। अहिले धरहरा पुनर्निर्माणको सबै काम सकिएर बत्तिको काम भइरहेको निर्माण कम्पनीले जनाएको छ।
तीन वर्षअघि प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेको धरहरा बल्ल सञ्चालनमा आउने लागेको हो ।