काठमाडौं। नेपाल स्टक एक्स्चेन्जको आँगनमा साँढेको मूर्ति निर्माण भइरहेको छ। तामा र पित्तल धातु मिश्रित ढलोटमार्फत १० फिट अग्लो साँढेको मूर्ति बनिरहेको हो।
बुलको प्रतीक १० फिट अग्लो र १२ फिट लम्बाइको छ भने तौल करिब १ टनको हुने बताइएको छ। भूकम्पपछि पुनर्निर्माणकै प्याकेजअन्तर्गत नेप्से परिसर सौन्दर्यकरण कार्यक्रमअन्तर्गत परिसरमा बगैँचा, साँढेको मूर्ति राख्न थालिएको हो।
नेप्से परिसर सौन्दर्यकरणअन्तर्गत १ करोड ४८ लाख रुपैयाँको योजना रहेको बताइएको छ। विश्वका अन्य स्टक मार्केटअगाडि पनि बुलको मूर्ति राख्ने चलन छ।