काठमाडौं। निर्माण व्यवसायी महिलाहरुका लागि आयोजना गरिएको दुई दिने कन्स्ट्रक्सन म्यानेजमेन्ट तालिम सम्पन्न भएको छ।
नेपाल निर्माण व्यवसायी महासंघ अन्तर्गत रहेको निर्माण व्यवसायी महिला समन्वय समितिको व्यवस्थापनमा आयोजित तालिम मंगलबार सम्पन्न भएको हो।

तालिमका सहभागीहरूलाई नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंह, निर्माण व्यवसाय महिला समन्वय समिति संयोजक गंगा पोखरेल लगायतले प्रमाणपत्र वितरण गरे।
समापन कार्यक्रममा महासंघका अध्यक्ष रवि सिंह, वरिष्ठ उपाध्यक्ष आङ दोर्जी लामा (ए.डी), महासचिव रोशन दाहाल, नीतिगत उपमहासचिव शिवहरि घिमिरे लगायतले महिला निर्माण व्यवसायीहरूका लागि आगामी दिनमा अझ प्रभावकारी कार्यक्रमहरू संचालन गर्ने बताए।
कार्यक्रमको सञ्चालन निर्माण व्यवसाय महिला समन्वय समिति सहसंयोजक गीता शाहीले गरेकी थिइन्।



