काठमाडौं। बागमती प्रदेश सरकार भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तर्गत दोलखामा पूर्वाधार विकास कार्यालयको स्थापना भएको छ। यसअघि सिन्धुपाल्चोक जिल्लाको चौतारास्थित पूर्वाधार विकास कार्यालयले सिन्धुपाल्चोक र दोलखा हेर्ने गरेकोमा अब भने दोलखामा पूर्वाधार विकासको आफ्नै कार्यालय स्थापना भएको हो।
कार्यालय प्रमुखमा भने हरि प्रसाद ओझा तोकिएका छन्। उक्त कार्यालयबाट सडक, मोटरेबल तथा झोलुङ्गे पुल लगायतको पूर्वाधार निर्माण तथा सुधारका क्षेत्रमा काम हुने बताइएको छ।
जिल्लामै पूर्वाधार कार्यालय स्थापना भएपछि सडक, पुल, झोलुङ्गे पुल लगायत विकास निर्माणसँग सम्बन्धित कामका लागि सेवाग्राही अर्को जिल्लामा जानुपर्ने बाध्यताको भने अन्त्य भएको छ।