काठमाडौं। ‘हिन्दुकुश हिमालयमा निर्माण गरिने संरचनाहरूलाई कसरी जलवायु अनुकूलन बनाउन सकिन्छ’ भन्ने विषयमा कार्याशालाको आयोजना गरिएको छ। एसियाली विकास बैङ्क (एडिबी) काठमाडौंमा आज उक्त कार्याशालाको आयोजना गरेको हो।
भुटान सरकारका प्रतिनिधि गोविन्द शर्मा, नेपालका विभिन्न मन्त्रालय तथा विकास साझेदारका प्रमुख, विज्ञहरू र प्रतिनिधिको सहभागितामा उक्त कार्याशालाको आयोजना गरिएको थियो।
कार्यशालाले नेपालमा जलवायु परिवर्तन अनुकूलन तथा जोखिम न्यूनीकरणमा आधारित पूर्वाधार विकासमा महत्त्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।