काठमाडौं। नेपाल निर्माण व्यवसायी महासंघका प्रतिनिधि र अर्थ समितिका सभापति सन्तोष चालिसेबीच भेटघाट भएको छ। महासंघका अध्यक्ष रवि सिंह नेतृत्वको एक प्रतिनिधिमण्डलले बुधबार सभापति चालिसेसँग भेट गरेको हो।
भेटमा प्रतिनिधिमण्डले बैकिङ्ग कसुर तथा सजाय विधेयक २०८० मा संशोधन गर्नुपर्ने विषयमा सभापति चालिसेको ध्यानाकर्षण गराएको छ। त्यसैगरी महासंघले ठेक्का तोडिदा निर्माण व्यवसायीमाथि हुने निर्मम कार्वाही अन्त्यका लागि केही नेपाल ऐन संशोधनमा आवश्यक व्यवस्था गर्न समेत सभापति चालिसेको ध्यानाकर्षण गराएको छ।