बागलुङ। बागलुङ नगरपालिका–४ दावगह्मामा बसपार्क उद्घाटन गरिएको छ। गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेले मंगलबार चालक र सहचालकलाई टीका लगाएर बसपार्क उद्घाटन गरेका हुन्।
निर्माण प्रक्रिया सुरु गरेको २३ वर्षपछि बागलुङ बसपार्क सञ्चालनमा आएको छ। बसपार्क मध्यपहाडी लोकमार्ग र बागलुङ-बेनी सडक नजिकै भए पनि पहुँचमार्गको समस्याले सञ्चालनमा आउन सकेको थिएन । हाल बसपार्क जाने दुई स्तरीय सडक निर्माण गरिएका छन् ।
बसपार्क निर्माणका लागि नगर विकास कोषबाट ८ करोड ७० लाख ऋण लिएर बसपार्क निर्माण गरिएको हो। उक्त बसपार्कमा ८० ठूला बस र १० वटा माइक्रोबस एकैसाथ राख्न सकिन्छ।