काठमाडौं। नेपाल दूरसञ्चार कम्पनीको प्रबन्ध निर्देशकमा सङ्गीता अर्याल पहाडी नियुक्त भएकी छन्। बिहीबार बसेको मन्त्रीपरिषद्को बैठकले अर्याललाई दूरसञ्चारको प्रबन्ध निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको हो।
यसअघि उनी अर्याल निमित्त प्रबन्ध निर्देशकको रूपमा कार्यरत थिइन्।
त्यसैगरी मन्त्रीपरिषद् बैठकले रेडियो नेपालको कार्यकारी निर्देशकमा अमरध्वज लामालाई नियुक्त गर्ने निर्णय समेत गरेको छ।