काठमाडौं। सरकारले माथिल्लो मेवा खोला ए जलविद्युत् आयोजना निर्माणका लागि आवश्यक जग्गा प्रयोग गर्न स्वीकृति दिने भएको छ।
बिहीबार बसेको मन्त्रीपरिषद्को बैठकले उक्त जलविद्युत आयोजनाका लागि ताप्लेजुङमा राष्ट्रिय वनको तीन दशमलव २१ हेक्टर जग्गा प्रयोगका लागि स्वीकृति दिने निर्णय गरेको हो।
त्यसैगरी बैठकले काठमाडौँ–तराई–मधेस द्रुतमार्ग सडक आयोजना निर्माणका लागि मकवानपुरमा राष्ट्रिय वनको ५१ दशमलव ८७ हेक्टर जग्गा प्रयोगका लागि पनि स्वीकृति दिने निर्णय गरेको छ।