काठमाडौं। पूर्व परामर्श गरेर मात्र बहुवर्षीय ठेक्का सहमतिको प्रक्रिया अघि बढाउन अर्थ मन्त्रालयले निर्देशन दिएको छ। आर्थिक वर्ष (आव) को बजेट कार्यान्वयन र स्रोत व्यवस्थापनलाई प्रभावकारी बनाउन अर्थ मन्त्रालयले विषयगत मन्त्रालय र सम्बन्धित निकायहरूलाई यस्तो निर्देशन दिएको हो।
उच्च प्राथमिकताको तत्काल नतिजा देखिने तथा तुलनात्मक रूपमा बढी रकम विनियोजन भएका आयोजनाहरूको सूची तयार पारेर प्राथमिकीकरण गर्न आग्रह गरेको मन्त्रालयले जनाएको छ ।
गत आवमा बहुवर्षीय खरिद प्रक्रियामा गई आगामी वर्षमा भुक्तानी दायित्व सिर्जना हुने आयोजना र दायित्वको रकमको विवरण समेत अद्यावधिक गरी उपलब्ध गराउन आग्रह गरिएको मन्त्रालयले जनाएको छ ।