काठमाडौं। आज दुईवटा प्रदेशका केही भागमा वर्षा भइरहेको छ। गण्डकी र कर्णाली प्रदेशका केही भागमा हल्का वर्षा भइरहेको हो।
आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको बताइएको छ।
तीन वटा प्रदेशमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। कोशी, बागमती र गण्डकी प्रदेशका थोरै भागमा भारी वर्षाको सम्भावना रहेको हो।
आज राति सबै प्रदेशका केही भागमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।