काठमाडौं। अहिले देशभर आंशिक देखि साधारणतया बदली रहेको छ।
आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने मौसम पुर्वानुमान महाशाखाले जनाएको छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही भागमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
बाकी प्रदेशका केही भागमा सामान्य देखि मध्यम वर्षाको सम्भावना रहेको बताइएको छ।
आज राती देशभर आंशिक देखि साधारणतया बदली रहने महाशाखाले जनाएको छ।