काठमाडौं। सरकारले काठमाडौँ–तराई–मधेस द्रुतमार्ग सडक आयोजना निर्माणका लागि वनको जग्गा प्रयोग गर्न स्वीकृति दिने भएको छ।
बिहीबार बसेको मन्त्रीपरिषद्को बैठकले काठमाडौँ–तराई–मधेस द्रुतमार्ग सडक आयोजना निर्माणका लागि मकवानपुरमा राष्ट्रिय वनको ५१ दशमलव ८७ हेक्टर जग्गा प्रयोगका लागि स्वीकृति दिने निर्णय गरेको हो।
त्यसैगरी बैठकले माथिल्लो मेवा खोला ए जलविद्युत् आयोजना निर्माणका लागि ताप्लेजुङमा राष्ट्रिय वनको तीन दशमलव २१ हेक्टर जग्गा प्रयोगका लागि स्वीकृति दिने निर्णय समेत गरेको छ।