काठमाडौं। आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्लेले बागमति प्रदेश सरकारका गौरवको आयोजनाहरुमा अनुगमन गरेका छन्। मान्त्री काफ्लेले सोमबार प्रदेश सरकारले गौरवका आयोजनाका रुपमा अगाडी बढाएका आयोजनाहरुमा स्थलगत अनुगमन गरेका हुन्।
उनले गौरीटार रंगशाला, दुग्ध पाउडर उत्पादन उद्योग र प्रादेशिक कृषि थोक बजारको अनुगमन गरेका हुन्। उनले फुटबल मैदान र प्याराफिटको अनुगमन गर्दै तत्काल पुनर्निर्माण गर्न निर्देशन दिए। उनले प्याराफिट निर्माण भएको स्थानका पिल्लरमा केही समस्या देखिएको भन्दै तत्काल यस समस्याको समाधान गर्न खेलकुद मन्त्रालयको ध्यानाकर्षण समेत गराए।
मन्त्री काफ्लेले निर्माण पूरा भएर पनि सञ्चालनमा आउन नसकेको दूग्ध पाण्डर उत्पादन उद्योगको अनुगमन गर्दै उद्योग सञ्चालनको मोडल तत्काल तयार पार्न कृषि मन्त्रालयका कर्मचारीलाई निर्देशन समेत दिए।