काठमाडौं। आज देशभर मध्यमदेखि साधारणतया बदली रहने बताएको छ। मौसम पुर्वानुमान महाशाखाले बदली रहने बताएको हो।
अहिले कोशी र गण्डकी प्रदेशका केही भागमा हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ।
आज दिउँसो तीन वटा प्रदेशका केही भागमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही भागमा भारी वर्षाको सम्भावना रहेको जनाएको हो। बाकी प्रदेशको थोरै भागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
आज राति देशभर आंशिकदेखि साधारणतया बदली रहने छ महाशाखाले जनाएको छ।