काठमाडौं। मनकामना केबलकार असोज १ देखि पुन: सञ्चालनमा आउने भएको छ। केबलकारको स्तरोन्नतिको काम पुरा भएसँगै असोज १ बाज सञ्चालनमा ल्याइने भएको हो।
केबलकारलाई डिजिटल डी–कनेक्ट सिस्टममा स्तरोन्नति गरिएको छ।
करिव २६ बर्ष अघि सञ्चालनमा ल्याइएको मनकामना केवुलकारलाइ अत्याधुनिक डिजिटल प्रबिधिमा स्तरोन्नति गर्नका लागि गत असार ३१ गतेदेखि ५० दिनका लागि बन्द गरिएको थियो।
स्तरोन्नतिको काम सम्पन्न भएसँगै १ असोजदेखि मनकामना केबलकार सञ्चालनमा आउने कम्पनीले जनाएको छ।