काठमाडौं। जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले आगामी एक वर्षभित्र संखुवासभा जिल्ला पूर्ण रुपमा विद्युतीकरण हुने बताए।
कोशी प्रदेशका विभिन्न क्षेत्रको अवलोकन भ्रमणमा रहेका मन्त्री खड्काले खाँदबारीमा आयोजित एक भेटघाट कार्यक्रममा बोल्दै एक वर्षभित्र संखुवासभाका सबै स्थान पूर्ण विद्युतीकरण हुने बताएका हुन्।
उनले बाँझो जमिनमा सिँचाइ र खाली जग्गामा सौर्य विद्युत् उत्पादन गर्ने सरकारले योजना अगाडी बढाउने समेत बताए।
त्यसैगरी मन्त्री खड्काले जिल्लाका सबै पालिकाले अग्रिम सूचना पाउने गरी सूचना प्रणाली जडान गर्ने, बाँझो जमीनमा सिंचाइ सुविधा पुयाउने, खाली जग्गामा सोलार प्रणाली जडान गर्नेलगायतका कामलाई समेत अगाडि बढाउने बताए।