काठमाडौं। अहिले चार वटा प्रदेशका केही भागमा हल्का वर्षा भइरहेको छ। कोशी, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही भागमा वर्षा भइरहेको हो।
आज दिउँसो सुदूरपश्चिममा साधरणतया बदली रहने मौसम पुर्वानुमान महाशाखाले जनाएको छ। बाँकी प्रदेशका थोरै भागहरुमा मध्यम बदली रहने महाशाखाले जनाएको छ।
चार वटा प्रदेशका केही भागमा भारी वर्षाको सम्भावना रहेको बताइएको छ। कोशी, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही भागमा भारी वर्षाको सम्भावना रहेको महाशाखाको भनाइ छ।
आज राति सबै प्रदेशमा साधरणतया बदली रहने महाशाखाले जनाएको छ।