काठमाडौं। आज काठमाडौंका विभिन्न क्षेत्रमा विद्युत सेवा अवरुद्ध हुने भएको छ। आज दिउँसो ३ बजेसम्म विद्युत सेवा अवरुद्ध हुने नेपाल विद्युत् प्राधिकरणले जनाएको हो।
एचटी लाइन सुदृढीकरण तथा बुश कटिङ्ग गर्ने कार्य भइरहेकोले विद्युत सेवा अवरुद्ध हुने प्राधिकरणले जनाएको छ। रत्नपार्क डिस्ट्रिब्युसन सेन्टरको अनामनगर फिडरअन्तर्गत सिंहदरबार पूर्वीगेट हुँदै हनुमानस्थान, सिंहदरबार दक्षिणगेट, सीडीओ कार्यालय आसपास अन्नपूर्ण न्यूरो हस्पीटल अगाडि उक्त कार्य भइरहेकोले सोही क्षेत्रमा विद्युत सेवा अवरुद्ध हुने भएको हो।
तोकिएको समय भन्दा अगाडी नै काम सम्पन्न भएमा विद्युत लाइन सुचारु गरिने प्राधिकरणले जनाएको छ।