काठमाडौं। काठमाडौं महानगरपालिकाले आर्थिक वर्ष २०८०/८१ मा खोला किनारका ३.१८ किलोमिटर क्षेत्रमा रिटेनिङ वाल लगाउने काम भएको छ। महानगरको विभागस्तरीय समीक्षा बैठकमा प्रस्तुत प्रतिवेदनमा एक वर्षको अवधिमा ३.१८ किमि क्षेत्रमा रिटेनिङ वाल निर्माण गरेको उल्लेख गरिएको हो।
प्रस्तुत प्रतिवेदन अनुसार गत आर्थिक वर्ष २०८०/८१ मा ५५ दशमलव ४० किलोमिटर सडक कालोपत्र भएको उल्लेख गरिएको छ भने १० दशमलव ३१ किलोमिटर सडक ढलान भएको छ।
त्यसैगरी ३२.४७ किलोमिटर सडक पेटीमा ब्लक छाप्ने काम समेत भएको प्रतिवेदनमा उल्लेख गरिएको छ।