काठमाडौं। भारतका लागि नेपालका राजदूत शंकरप्रसाद शर्माले कनेक्टिभिटी (सम्पर्क सञ्जाल) बिना पूर्वाधार विकास सम्भव नभएको बताएका छन। राजदूत शर्माले नेपाल कनेक्टिभिटीका हिसाबले निकै कमजोर भएकाले त्यसमा सुधार गर्नुपर्ने बताएका हुन्।
उनले सडक मात्र पूर्वाधार हो भन्ने बुझाइ रहेको भन्दै सबै क्षेत्रको पूर्वाधार निर्माणलाई उत्तिकै प्राथमिकता दिनुपर्ने समेत बताए।
भारत र पाकिस्तानबीचको तनावले समस्या थपिएपनि भारतको छिमेकी पहिलो नीतिले केही हदसम्म कनेक्टिभिटी, व्यापार र क्षेत्रीय सहकार्यमा फाइदा पुग्ने देखिएको समेत राजदूत शर्माले बताए। उनले भारत र नेपालबीच ३ इन्टिग्रेटेट चेकपोस्ट निर्माण सकिएको र अन्य दुईसहित अरु निर्माण हुने क्रममा रहेको जानकारी समेत गराए।