फाइल तस्बिर
काठमाडौं। भारतका लागि नेपालका पूर्वराजदूत तथा राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. शंकर शर्माले नेपालले रेल, पानीजहाज र एकीकृत जाँचचौकीलाई प्राथमिकतामा राख्नुपर्ने बताएका छन्।
नेपाल पूर्वाधार सम्मेलनको क्षेत्रीय पूर्वाधार र त्यसको एकीकरण (इन्टिग्रेसन) शत्रका मुख्य वक्ता शर्माले न्यून लागत र उच्च प्रतिफल प्राप्त गर्नको लागि रेल यातायात, पानीजहाज, एकीकृत जाँचचौकी र डिजिटल आबद्धतालाई पनि उच्च प्राथमिकता दिनुपर्ने बताएका हुन्।
उनले दक्षिण एसिया जनसंख्या र भूगोलको रुपमा ठूलो क्षेत्र भएर पनि पूर्वाधार विकासको रुपमा सबैभन्दा न्यून अन्तरआबद्धता र एकीकृत भएको क्षेत्रको रुपमा रहेको बताए। न्यून आबद्धता हुनुमा राजनीतिक समस्या भएको र विशेषगरी भारत–पाकिस्तान चिसो सम्बन्धका कारण पनि यो क्षेत्रलाई असर गरिरहेको उनको भनाइ छ।