काठमाडौं। भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले पूर्वाधार निर्माण वृद्धि गर्न निजी क्षेत्रको लगानीलाई प्राथमिकतामा राखेको बताएका छन्।
नेपाल पूर्वाधार सम्मेलनको क्षेत्रीय पूर्वाधार र त्यसको एकीकरण (इन्टिग्रेसन) शत्रमा बोल्दै मन्त्री दाहालले पूर्वाधार निर्माण वृद्धि गर्नको लागि निजी क्षेत्रको लगानीलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताएका हुन्।
उनले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गत ५७ परियोजना विदेशी सहयोगमा आधारित रहेको समेत जानकारी दिए। मन्त्री दाहालले उड्डयन, रेलमार्ग, सडक तथा पानीजहाजको विकासमार्फत आबद्धता वृद्धि गर्ने बताए।
सम्मेलनमा मन्त्री दाहालले बीबीआइएन मोटर भेइकल सम्झौतालाई अघि बढाउने र अन्तरदेशीय व्यापार र अर्थतन्त्रलाई वृद्धि गर्नको लागि आवश्यक काम गर्ने विषय समेत सरकारको प्राथमिकतामा रहेको जानकारी दिए।