काठमाडौं। नेपाल र भुटानलाई बन्दरगाहसम्मको पहुँच पुर्याउन एसियाली विकास बैंकले ठूलो लगानी गरिरहेको बताइएको छ।
नेपाल पूर्वाधार सम्मेलनमा बोल्दै एसियाली विकास बैंकको भारतस्थित आवासीय मिसनका वरिष्ठ कार्यक्रम अधिकृत सौम्य चट्टोपाध्यायले नेपाल र भुटानजस्ता भूपरिवेष्ठित देशलाई बन्दरगाहसम्मको पहुँच उपलब्ध गराउन र सहज व्यापार गर्नका लागि एसियाली विकास बैंकले ठूलो लगानी गरिरहेको जानकारी दिएका हुन्।
उनले नेपालको पश्चिमी क्षेत्रलाई भारतसँग सहज पहुँच वृद्धि गर्न सकेमा आर्थिक वृद्धिका लागि ठूलो सहयोग पुग्ने समेत बताए। चट्टोपाध्यायले नेपालले पूर्वाधार निर्माणमा मात्र नभएर सफ्टवेयर पक्षलाई पनि उत्तिकै प्राथमिकता दिनुपर्ने सुझाव समेत दिए।