काठमाडौं। अहिले तीन वटा प्रदेशका केही भागमा हल्का वर्षा भइरहेको छ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही भागमा वर्षा भइरहेको हो।
मौसम पूर्वानुमान महाशाखाका अनुसार ६ वटा प्रदेशका थोरै भागमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको छ। कर्णाली, सुदूरपश्चिम, कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही भागमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही भागमा भारी वर्षाको सम्भावना रहेको विभागले बताएको छ।
आज राति सबै प्रदेशमा बदली रहने महाशाखाले जनाएको छ। सबै प्रदेशका केही भागमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।